स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट – Kanika Khabar
Thursday, June 11Nepali News Portal

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १५, दाङ ।
सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सरकारले तीन सय शैंयाको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले तीन सय शैंयाको सरुवा रोग अस्पताल स्थापना गर्ने जानकारी दिए । सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने बताए । स्वास्थ्य पूर्वाधार विकासका लागि सरकारले १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ । सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला, प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने, स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिए । ३ वर्षभित्र सबैको स्वास्थ्य बीमा गरिने, सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र यो कार्यक्रमका लागि ७ अर्ब विनियोजन गरिएको छ । आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी सरकारले गरेको छ । केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने, राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने, निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने, व्यायामशाला योग केन्द्र पनि चलाउने, निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था मिलाइने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्