बजेटको आकार घट्यो, १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट संघीय संसदमा प्रस्तुत (बजेट भाषणको पूर्णपाठ) – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बजेटको आकार घट्यो, १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट संघीय संसदमा प्रस्तुत (बजेट भाषणको पूर्णपाठ)

    मा प्रकाशित

कनिका संवादाता
जेठ १५, दाङ ।

आर्थिक वर्ष २०७७।७८ को बजेट सरकारले सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७।७८ को बजेट १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ । यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ ।

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

बजेट भाषणको पूर्णपाठ पढ्नुहोस्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्