आज १३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आज १३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १६, दाङ ।
आज मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस परेकाे छ । सगरमाथामा पहिलाे पटक मानव पाइला परेकाे दिन मे २९लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसकाे रूपमा नेपाल तथा विदेशमा विभिन्न उत्सवका साथ मनाइने गरिन्थ्यो तर यसपटक काेभिड १९ काे महामारीका कारण भव्य उत्सवका साथ अाैपचारिक कार्यक्रम गरिएकाे छैन ।

तेह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज नेपालमा पनि औपचारिक कार्यक्रम गरी मनाइएको छ। सन् २००८ देखि सगरमाथा दिवस मनाउन शुरू गरिएको थियो। यस वर्ष कोभिड-१९ महामारीको जोखिमका कारण अघिल्ला वर्षहरु जस्तै भव्य समारोह भने गरिएन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा कार्यक्रम गरेर सगरमाथा आरोहीको स्मरण गर्दै उनीहरुले नेपालको पहिचानलाई विश्वसामु पुर्‍याएको योगदानको सम्मान जनाएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायतका पर्यटन क्षेत्रका संस्थाहरू कार्यक्रममा सहभागी थिए।
पर्यटन विभागका अनुसार सन् १९५३ देखि सन् २०१९ सम्मको अवधि अर्थात् ६७ वर्षे सगरमाथा आरोहण इतिहासमा ६ हजार ५०१ स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। यीमध्ये तीन हजार ४७८ नेपाली आरोही छन्।

सन् २०१९ मा मात्रै सगरमाथासहितका हिमालबाट ५६ करोड रोयल्टी उठेको छ । सगरमाथाबाट मात्रै ४५ करोड रूपैयाँ रोयल्टी उठेको छ।

साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेकको आज ६७ वर्ष पूरा भएको छ। तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी २९ मे सन् १९५३ मा विश्वमै पहिलाे पटक ८८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्