लकडाउनले पनि राेकेन रूकुम घटनाकाे बिराेधलाई – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लकडाउनले पनि राेकेन रूकुम घटनाकाे बिराेधलाई

    मा प्रकाशित

दु:खहरण यादव

जेठ १६, दाङ ।

रूकुममा घटेकाे घटनाले यतिबेला सडकदेखि सदनसम्म तताएकाे छ । देशमा जारी लकडाउनलाई समेत बेवास्ता गर्दै लमहीमा बिराेध निकालिएकाे छ । रूकुम पश्चिममा भएको घटनाको विरोधमा दाङको लमहीमा विरोध प्रदर्शन भएकाे छ । दलित युवा नवराज विक सहितका ६ जनालाई लखेटी लखेटी मारेको भन्दै दलित सचेतना अभियान लमहीले बिरोध प्रदर्शन गरेको हो । । बिराेधसभालाई सम्बोधन गर्दै दलित सचेतना अभियान दाङका अध्यक्ष शशीराम नेपालीले एक्काइसौ शताब्दीमा आएर पनि दलितमाथि हुने जातीय छुवाछुत हुनु दुखद भएको बताएका छन् । देशमा कानुन हुँदा हुदै पनि कानुनको उपहास गरेर दलित युवालाई हत्या गरिनु योजनाबद्ध भएको भन्दै हत्यामा संलग्न सबैलाई आजीवन कैद गर्नुपर्ने नेपालीको माग छ ।

हिजोको दिनमा तिनै दलितलाई प्रयोग गरेर सत्ता सञ्चालनमा पुगेका व्यक्तिबाटै दलित समुदाय अपहेलित हुनु परेको बताए । त्यस्तै अभियानका पुर्व अध्यक्ष गोपाल विश्वकर्माले आफ्नो प्रेमिका लिन गएका जाजरकोटका दलित युवा नवराज विक लगायत अन्य युवाहरुलाई लखेटी लखेटी हत्या गरेको भन्दै आक्रोस पोखे । देशमा गणतन्त्र आइसक्दा पनि यो कस्तो सस्कार हो दलितले गैरदलित केटीलाई बिहे गर्न नपाउनु ? उनले प्रश्न गरे । कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष विश्वकर्माले घटनालाई तोडमोड गरेर पिडितलाई अन्यायमा पार्ने षडयन्त्र भए देशभरका दलितहरु सडकमा आउँ बाध्य हुने बताए । जाजरकोटका युवा नवराज बिक र रुकुम पश्चिमकी मल्ल थरकी युवती लामो समय प्रेम सम्बन्ध रहेका थिए । तिनै मल्ल थरकी प्रेमिकालाई बिहे गर्न भनेर घरबाट हिडेका जाजरकोटका युवा नवराज बिक सहित पाँच जनाले ज्यान गुमाएका छन भने एक जनाको अवस्था अझै अज्ञात रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्