मा प्रकाशित
कनिका संवाददाता
जेठ १६, राेल्पा ।
चट्याङ लागेर रोल्पामा शुक्रबार दुई महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँको गुठिमधारामा दुई महिलाको मृत्यु भएको हो । चट्याङ लागेर ७५ वर्षीया खिर्मा बाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको हो । बिहान करिब दश बजेतिर परेको चट्याङले दुबैजना बेहोस भएका थिए ।
२४ वर्षीय सविन बुढामगर पनि चट्याङमा परेका थिए। उनको अवस्था सामान्य रहेको छ ।