दाङ, १० वैशाख ।
वुधबारमा नेपालमा थप तीन जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले जानकारी दिएका छन् । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको हो ।
योसँग कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । बुधबारको परीक्षणमा २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको देवकोटाले जनाए । साथै टेकु अस्पतालमा उपचार गराइरहेका एक विरामी कोरोना मुक्त भएका छन् । अहिले सात जना निको भएर घर फर्कीसकेका छन् ।