कर्णालीका थप १९ जनासहित कोरोना सङ्क्रमितको सङ्ख्या १४ सय २५ पुग्यो – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कर्णालीका थप १९ जनासहित कोरोना सङ्क्रमितको सङ्ख्या १४ सय २५ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १७, दाङ ।

शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ ।

त्यसै गरी एक–एकजना बाजुरा र दैलेखका रहेका छन ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५
पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्