लकडाउन जेठ ३२ सम्म – Kanika Khabar
Friday, January 17Nepali News Portal

लकडाउन जेठ ३२ सम्म

    मा प्रकाशित

कनिका डेस्क
जेठ १७, दाङ ।
अन्ततः सरकारले पछिल्लो पटक थपेको लकडाउनको समयलाई लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।
आज शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर सक्ने सरकारले सङ्केत गरेको छ । अब पछिल्लो पटक थपेको लकडाउनको समय सकिनु अगाडि नै सरकारले विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने बताएको छ । कोभिड १९ को सङ्क्रमण फैलिन नदिनका लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको हो । सरकारले पछिल्लो पटक थपेको लकडाउनको सयम यही जेठ २० गते सकिदै छ ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्