राप्ती बचाऊ अभियानमा स्थानीयवासी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

राप्ती बचाऊ अभियानमा स्थानीयवासी

    मा प्रकाशित

 दु:खहरण यादव

जेठ १७, दाङ ।

राप्ती नदीकाे दाेहाेन तीव्र रूपमा चलिरहँदा स्थानीयवासीले राप्ती बचाऊ अभियान थालेका छन् । दाङको देउखुरीमा शनिबार राप्ती नदीमा प्रयाेग भएका दर्जनाैं डाेजरहरु राेक्नका लागि स्थानीयहरू अान्दोलित भएका छन् । गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रकाे राप्ती नदीमा स्काभेटर प्रयाेग गरी अत्यन्तै गहिरा खाडल खनेर नदीकाे धारनै बदल्ने गरी दाेहन गर्न थालेपछि गढवा गाउँपालिका अन्तर्गतका हात्तीढुङ्गा, टहङ्डा, धाेद्रेखाेला , कालाकाटे,जुराैनी, मलमला, बडहरा लगायत र राप्ती गाउँपालिकाको भालुबाङ,पाखापानी, कटाहा, खुरुरिया, बसन्तपुर लगायतका बस्तीहरुबाट झण्डै ७ सय जनाभन्दा बढी स्थानीयहरुले नारा जुलुस गर्दै नदीबाट स्काभेटर हटाउने प्रयासमा लागे ।

त्यसक्रममा ठेकेदार पक्षका मानिस पनि प्रतिकार उत्रिदा प्रहरीलाई छुटाउन हम्मेहम्मे परेकाे थियोे । केही समय दुबै पक्षबिच झडप पनि भयाे । त्यसपश्चात गढवा गाउँपालिकाका ठेकेदार पक्षले अाफ्ना स्काभेटर र ट्रिप्पर हटाएका थिए ।

दाङ देउखुरीकाे राप्ती नदीमा स्थानीय तहहरुले नियम ,कानुनकाे उलङ्घन गर्दै स्काभेटर प्रयाेग गरी ३/४ मिटर गहिराइका खाडलहरु बनाई ठुलाे मात्रामा नदीजन्य पदार्थ उत्खनन गरेकाे भन्दै देउखुरीस्थित गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्थानीय दिनहुँ जसो अान्दाेलित हुने गरेका छन् । केही दिन पहिले स्थानीयहरूको एक बृहत भेलाले राप्ती नदी संरक्षणका लागि टाेपबहादुर कार्की अध्यक्ष र हाेमप्रसाद शर्मा सचिव रहेकाे ६१ सदस्यीय राप्ती नदी बचाऊ तथा संरक्षण समिति गठन गरेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्