सल्यानमा २५ जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सल्यानमा २५ जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १८ सल्यान ।
सल्यान जिल्लामा पहिलो पटक शनिबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमितहरू सबै वनगाड कुपिण्डे नगरपालिका भित्रका हुन् ।

वडा नं १ का १९, २०, ४०र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षीय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षीय गरी ४ जना, वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का ३८ वर्षीय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सङ्क्रमित सबैको ट्राभल हिस्ट्री भारत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्