नेविसंघ दाङको ध्यानाकर्षण – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेविसंघ दाङको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका डेस्क
जेठ १८ दाङ ।
जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गर्न पाउने मागप्रति नेविसंघ दाङले ध्यानाकर्षण भएको बताएको छ ।
आइतबार एक विज्ञप्ति जारी संघले यस्तो जनाएको हो ।
जेठ १५ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनले जारी गरेको विज्ञप्तिप्रति संघले आफ्नो ध्यानाकर्षण भएको धारणा सार्वजनिक गरेको हो ।
संघका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकी र सचिब कुलराज पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ —कोभिड १९ को महामारी र सङ्क्रमणको भयावह अवस्थाबाट बच्नका लागि बन्दाबन्दीको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनको विकल्प छैन, यस्तो अवस्थामा विद्यालयममा भर्ना अभियान चलाउनु भनेको सङ्क्रमण बढाउनु हो । तसर्थ सम्बन्धित निकायले यस्तो माग पूरा गर्नुपूर्व मनन गर्न जरुरी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्