कनिका संवाददाता
जेठ १८, डडेल्धुरा
डडेल्धुराको क्वारेन्टाइनमा बसेका एक बालकको गएराति मृत्यु भएको छ । जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नव दुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् ।
आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पु¥याउनुुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । ती बालकले ज्वरोको उपचार गराइरहेको बुझिएको उनले बताए । यसअघि उनको मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकेको निमित्त मेसु विष्टले जानकारी दिए ।