रहेनन् जयनन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

रहेनन् जयनन्द

    मा प्रकाशित

कनिका डेस्क

जेठ १८, दाङ ।

कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षकाे उमेरमा अाज निधन भएको छ । आफ्नै घर बागडोलमा उनको अाज बिहान ११ बजे निधन भएकाे हाे । उनी आफ्नो छोरीको साथमा रहँदै आएका थिए ।

लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका ठकुरीलाई सुगर लगायतको रोग समेत थियो । चलचित्र ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समयदेखि घरमा थलिएका थिए ।

सुगर, प्रेसर राेगबाट समेत पिडित उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा देखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका थिए । चन्दकी एक छोरी र श्रीमती छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्