अमेरिकाभर रंगभेदविरुद्ध प्रदर्शन, १६ राज्यको २५ भन्दा बढी सहरमा कर्फ्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अमेरिकाभर रंगभेदविरुद्ध प्रदर्शन, १६ राज्यको २५ भन्दा बढी सहरमा कर्फ्यु

    मा प्रकाशित

कनिका डेस्क
जेठ १८, दाङ ।

कालाजातिका एक व्यक्ति प्रहरी अधिकारीबाट मारिएपछि शुरु भएको आन्दोलन अहिले अमेरिकाभर फैलिएको छ । यो घटना मिनिसोटाको मिनेपोलिसमा भएको हो । अहिले अमेरिकाका ३० भन्दा बेशि सहरमा आन्दोलन भड्किएको छ ।

यी सहरमा आइतबार बिहानैदेखि आन्दोलन भइरहेको छ । जातिय आन्दोलनका कारण अमेरिकाका १६ राज्यको २५ भन्दा बढी सहरमा कर्फ्यु घोषणा गरिएको छ । प्रदर्शनकारीले भने कर्फ्यु उल्लंघन गर्दै आन्दोलन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्ने, पसल तोडफोड गर्ने, प्रहरीको गाडी आगजनी गर्नेजस्ता गतिविधि आन्दोलनको क्रममा गरेका छन् ।

७० जनालाई एटलान्टा प्रहरीले कर्फ्युको उल्लंघन गरी आन्दोलनमा उत्रिएको आरोपमा शनिबार राति पक्राउ गरेको छ । त्यसै गरी अमेरिकाको सेटलमा २७ जना शनिबार प्रदर्शन गर्ने पक्राउ परेका छन् । प्रदर्शनकारीलाई शान्त रहन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आग्रह गरेका छन् ।

मिनेपोलिसमा भएको उक्त घटनामा जर्ज फ्लोयड नामका ४६ वर्षीय व्यक्तिलाई एउटा पसलमा २० डलरको नक्कली नोटको कारोबार गरेको आरोपमा एक प्रहरी अधिकारीले गर्धनमा लामो समयसम्म घुँडाले थिचेका कारण सास फेर्न नसकी उनको मृत्यु भएको थियो ।

उक्त व्यक्तिले कारोवार गर्दा प्रयोग गरेको नोट नक्कली भएको थाहा पाएपछि व्यापारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी उक्त स्थानमा आएपछि फ्लोयडलाई प्रहरीले भ्यानमा राख्न खोज्दा उनी भुइँमा आफैँ सुतेको प्रहरीको दाबी छ । त्यसपछिको कारबाहीमा प्रहरी अधिकारीले उनको गर्धनमा थिचेका थिए । घटनास्थलमा रहेका अन्य तीन प्रहरी र फ्लोयडले ती प्रहरी अधिकारीलाई छाड्नको लागि अनुरोध गरेका थिए । तर, उनले मानेनन् ।

अहिले अमेरिकामा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीले घटनास्थलमा उपस्थित सबैलाई मुद्धा चलाइनुपर्ने माग राखेका छन् । अहिले फ्लोयडको गर्धनमा थिच्ने डेरेक चौभिनलाई हत्याको आरोपमा मुद्दा चलाइएको छ । सोमबार उनलाई अदालतमा उपस्थित गराइनेछ ।

राष्ट्रपति ट्रम्पले मिनेपोलिसमा अहिले भड्किएको आन्दोलन नियन्त्रण गर्न नसकेको भन्दै मिनेपोलिसका मेयरको आलोचना पनि गरेका छन् । उनले आफूहरु हिंसा नभई न्यायको खोजीमा लाग्नुपर्ने भन्दै अहिले भड्किएको आन्दोलनको पनि विरोध गरेका छन् ।

(एजेन्सिहरुको सहयोगमा)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्