बाँकेको अगैयामा दुर्घटना, ११ को मृत्यु २२ घाइते – Kanika Khabar
Friday, April 26Nepali News Portal

बाँकेको अगैयामा दुर्घटना, ११ को मृत्यु २२ घाइते

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १९, बाँके ।
भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ गईरहेको बा ५ ख ५९९५ नम्बरको यात्रुबहाक फोर्स आइतबार राति अगैया नजिकैको जंगलमा ट्रकसँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् ।

आइतबार राति करीब सवा १२ वजे बाँकेको शमशेरगंज र अगैया बिचको जंगलमा सडक किनारामा रोकी राखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा ठक्कर दिदा फोर्स गाडीमा चालक समेत गरी सवार ३३ जना मध्ये ११ जनाको निधन भएको छ ।

अन्य घाईतेहरूको अहिले भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

दुर्घटनामा चालकसहित ३३ जना सवार थिए । मृत्यु हुनेमा १० पुरुष र १ महिला रहेका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्