बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो [अपडेट] – Kanika Khabar
Sunday, April 27Nepali News Portal

बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो [अपडेट]

    मा प्रकाशित

कनिका डेस्क

जेठ १९, दाङ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा पूर्वपश्चिम राजमार्गअन्तर्गत गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर जादै गर्दा गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।

३३ जना सवारी वोकी सल्यान तर्फ गइरहेको फोर्स भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ ।

Image may contain: outdoor

दुर्घटनाका घाइतेहरुको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा भइरहेको छ । साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको ट्राफिक प्रहरी प्रमुख बमले जानकारी दिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बाँकेको अगैयामा दुर्घटना, ११ को मृत्यु २२ घाइते

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्