फ्रन्टलाइनमा काम गर्नेको पिसिआर गर : सर्वोच्च – Kanika Khabar
Friday, April 26Nepali News Portal

फ्रन्टलाइनमा काम गर्नेको पिसिआर गर : सर्वोच्च

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १९, काठमाडौँ ।

सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार प्रत्यक्ष र अग्र पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारअन्टिनमा बस्ने सबै व्यक्तिलाई अविलम्ब पिसिआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले हिजो कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्र पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स र स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा क्वारअन्टिनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पिसिआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्नु, क्वारअन्टिनमा राखिएको व्यक्तिको हकमा निजलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउन भनिएको छ । सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टे लगायतबाट हुनसक्ने सङ्क्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न एवं क्वारअन्टिनको अवधिभर क्वारअन्टिनमा बसेका व्यक्तिलाई निःशुल्क भोजनको व्यवस्था गर्न पनि आदेशमा आदेशमा भनिएको छ । साथै, मास्क र चिकित्सकीय मास्कहरु गुणस्तरीय स्यानिटाइजर निःशुल्क रुपमा आवश्यक पर्ने व्यक्तिलाई अविलम्ब उपलब्ध गर्न आदेशमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्