१३ सिडियोसहित गृह मन्त्रालयका ४४कर्मचारीको सरुवा, काज तथा पदस्थापन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

१३ सिडियोसहित गृह मन्त्रालयका ४४कर्मचारीको सरुवा, काज तथा पदस्थापन

    मा प्रकाशित

कनिका डेस्क
जेठ १९, दाङ ।
गृह मन्त्रालयको मन्त्री स्तरको हिजो आइतबार बसेको बैठकले ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको सिडिओ रहेका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । यस्तै रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पा सरुवा गरिएको छ ।
जिल््ला प्रशासन कार्याल्य डोटीका सिडिओ रहेका टेकनारायण पौडेललाई अध्यागम विभागमा सरुवा गरिएको छ । डिल्लीबजार कारागारका जेलर अरुण पोखरेललाई सहायक सिडिओको जिम्मेवारी दिएर जिल्ला प्रशासन कार्यालय उदयपुर पठाइएको छ ।

कसको कहाँ सरुवा, काज र पदस्थापन भयो, यो सूचि हेर्नुहोस्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्