कनिका संवाददाता
जेठ १९, दाङ ।
नेविसंघ घाेराही नगर कमिटीकाे बैठक आज साेमवार सम्पन्न भएकाे छ । कमिटीका संयाेजक निरज पाण्डेकाे संयाेजकत्वमा सम्पन्न बैठकले राज्यले सामुदायिक र संस्थागत विद्यालयलाई समान रूपले हेर्नु पर्नेमा जाेड दिएकाे छ ।
अावश्यकता अनुसार संस्थागत विद्यालयलाई पनि क्वारअन्टिनका रूपमा प्रयोग गर्ने र दुबै पिद्यालयमा एकैसाथ पठनपाठन सुरू गराउन राज्य लाग्नुपर्ने लगायतका निर्णयमा जाेड दिइएकाे थियाे । बैठकमा कमिटीका सदस्यहरू नारायण अधिकारी , शिखर खनाल, किरण विश्वकर्मा, अाजन राना, शिशिर पाण्डे, वरूण पाण्डे र विजया हमाल लगायतकाे उपस्थिति थियाे ।