गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो, ३ जनाले कोरानालाई जिते – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो, ३ जनाले कोरानालाई जिते

    मा प्रकाशित

कनिका डेस्क
जेठ २०, दाङ ।

मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि गण्डकी प्रदेशमा भएको छ । पर्वत र स्याङ्जामा ५–५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको छ । पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ भने ३ जना निको भई घर फर्किसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्