कनिका डेस्क
जेठ २०, दाङ ।
कर्णाली प्रदेशका थप २९ जनालाई कोरोनाभाइरस पुष्टि भएको छ । योसँगै सो प्रदेशमा कूल संक्रमितको संख्या दुई सय ६२ पुगेको छ ।
जसमध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका–१ का ८ जना, वडा नं. –३ का ३ जना रहेका छन् ।
सल्यानको दार्मा गाउँपालिका–१ का ३६ र ४८ वर्षका २ जना, वडा नं.–२ का २ जना, वडा नं. –३ का २ जना, वडा नं. –४ का ४ जना पुरुष रहेका छन् ।
यस्तै अछामको मंगलसेन नगरपालिका वडा नं. ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।
नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।