सिन्धुपाल्चोकमा कोभिड–१९ उपचार केन्द्र सञ्चालन हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

सिन्धुपाल्चोकमा कोभिड–१९ उपचार केन्द्र सञ्चालन हुने

    मा प्रकाशित

दिपक खत्री
जेठ ८, सिन्धुपाल्चोक ।
सिन्धुपपाल्चोक जिल्लामा अक्सिजन सहितको १०० बेडको निःशुक्ल कोभीड–१९ उपचार केन्द्र सञ्चालन हुने भएको छ । उपचार केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने बेडहरु, १०० थान अक्सिजन सिलिण्डर लगायतका सामान बाह्रविसेमा आईपुगेपछि काम सुरु भएको छ ।

पूर्व सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको पहलमा कोभिड १९ को महामारीबाट नागरीकलाई बचाउन जिल्लाम कोभिड –१९ उपचार केन्द्र संचालन हुन लागेको हो ।

 

साथै सिन्धुपाल्चोकमा अक्सिजन प्लाण्ट समेत स्थापना हुने भएको छ ।सुनकोसी गाउँपालिकाको अगुवाइमा विभिन्न सघ सस्थाको लगानीमा एक महिना भित्र अक्सिजन प्लाण्ट स्थापना हुन लागेको हो। सुकुटेमा प्लाण्ट स्थापना हुने तयारी सुरु भएको छ । पुर्व सन्चार मन्त्री मोहन बहादुर बस्नेतको सक्रियतामा प्लाण्ट स्थापना हुन लागेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्