जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा निलम्बित – Kanika Khabar
Thursday, June 19Nepali News Portal

जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा निलम्बित

    मा प्रकाशित

जेठ ९, कास्की ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीले निलम्बन गरेको छ ।

केन्द्रीय सदस्यसमेत रहेका सांसद थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको महासचिव मनोज भट्टले बताए ।

थापाले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेपछि जनमोर्चाले कारबाही गरेको जनाएको छ । उनलाई संसदीय दलको नेताबाट पनि यसअघि नै हटाइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्