कोरोना संक्रमणको केन्द्रबिन्दु बन्दै कर्णाली प्रदेश – Kanika Khabar
Monday, July 14Nepali News Portal

कोरोना संक्रमणको केन्द्रबिन्दु बन्दै कर्णाली प्रदेश

    मा प्रकाशित

कनिका डेस्क
जेठ २०, दाङ ।

पछिल्लो समय कर्णाली प्रदेश कोरोना भइरस संक्रमणको केन्द्रबिन्दु बन्दै गएको छ । कर्णलीमा पनि सबैभन्दा बढी प्रभावित दैलेख जिल्ला बनेको छ । दैलेखमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको हो ।

भारतीय नाकाबाट जिल्ला भित्रिने नागरिकको संख्या बढ्दै गएपछि उनीहरुलाई कसरी कहाँ राख्ने भन्ने विषयमा र कोरोना परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट समयमा नआउँदा समस्या हुन थालेको छ ।

क्वारेन्टाइनमा रहेकाको समयमा रिपोर्ट नआउँदा उनीहरुबाट अरुलाई पनि कोरोना संक्रमण हुने डर बढेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । सरकारको स्वास्थ्य मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन गर्ने र यो अवधिमा पीसीआर टेष्ट गर्नुपर्ने हो । तर, समयमा रिपोर्ट नआउँदा अब दूू्रत विधिबाट परीक्षण गर्ने निष्कर्षमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्री सीआईएनलाई बताउनुभयो ।

कर्णाली प्रदेशमामा कोरोना संक्रमितको संख्या अहिलेसम्म दुइ सय ६२ पुगेको छ भने नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ सय ९५ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्