राजविद्या पाठशालाबाट खानेपानी ट्याङ्की सहयाेग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राजविद्या पाठशालाबाट खानेपानी ट्याङ्की सहयाेग

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २०, दाङ ।

घाेराही उपमहानगरपालिका वडा नं. १८ मा अवस्थित राजविद्या पाठशालाले क्वारअन्टिनमा १ हजार लिटरकाे ट्याङ्की सहयाेग गरेकाे छ । पाठशालाले वडा नं. १८ मा रहेकाे श्री अम्विकेश्वरी अाधारभूत विद्यालय सालघारीमा क्वारअन्टिनमा खानेपानी ट्याङ्की सहयाेग गरेकाे हाे ।

हस्तान्तरण कार्यक्रममा बाेल्दै वडा नं. १८ का वडाध्यक्ष भरत अर्यालले भने, “ यस्ताे अप्ठ्यारो अवस्थामा विद्यालयले गरेकाे सहयाेग निकै प्रशंसनीय छ, हामीलाई सबै कुराकाे व्यवस्थापन गर्न गाह्रो भइरहेकाे बेला याे सहयाेगले निकै राहत मिलेकाे छ । अागामी दिनमा पनि यस्ता कार्यमा सहकार्य गरेर अगाडि बढ्न पाइयाेस् । ´´ क्वारअन्टिनमा रहेका मानिसका लागि खानेपानीकाे उचित व्यवस्थापन नभएकाे थाहा पाएपछि पाठशालाले खानपानी ट्याङ्की उपलब्ध गराएकाे प्रिन्सिपल टिकाजङ बि. के. ले बताए ।

उनले भने, “ यहाँ रहनुभएका दाजुभाइका लागि यस्ताे जाेखिमकाे समयमा क्वारअन्टिनकाे बसाइँलाई केही हदसम्म सहज बनाउनका लागि अति अावश्यक मानिने पानीकाे व्यवस्थापनका लागि सानाे सहयाेग गरेका हाैँ । ´´

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्