लकडाउन खुकुलो बनाउने सरकारको तयारी, पहिलो प्राथमिकता कृषि – Kanika Khabar
Friday, April 19Nepali News Portal

लकडाउन खुकुलो बनाउने सरकारको तयारी, पहिलो प्राथमिकता कृषि

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २१, काठमाडौँ ।
सरकारले लकडाउन खुकुलो बनाउने कोरोनासँगै जनजीवन सहज बनाएर अघि बढने रणनीति बनाएको छ । हिजो मङ्गलबार लामो छलफल गरे पनि निर्णय गर्न भने सकेको छैन । सरकारद्वारा गठित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको १२ साता लामो रणनीतिक योजनामा १० औं हप्ताको समीक्षापछि बन्दाबन्दी पूर्ण रुपमा खुला गर्ने उल्लेख छ । पूर्वअनुमान भन्दा संक्रमणको दर बढेको भन्दै सरकार १२ साता लामो यस्तो रणनीति कार्यान्वयनमा जुटेको हो ।

निजी क्षेत्रबाट लिखित सुझाव आएपछि लकडाउनको नयाँ ढाँचा तय गर्नेछ । बन्दाबन्दी खोलिनेमा पहिलो प्राथमिकतामा कृषिलाई राखिएको छ भने अन्तिममा मनोरञ्जन, खेलकुद र विद्यालय खोलिनेछ । १२ हप्तामा बन्दाबन्दी पूर्ण रुपमा खोलेर देशलाई संक्रमणबाट अति न्यून जोखिम देश बनाउने तयारी भइरहेको छ । निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनमात्रै समस्या समाधानको अस्त्र नभएको भन्दै विकल्पबारे सोच्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्