लमहीमा बिस जनाले गरे रक्तदान – Kanika Khabar
Monday, May 20Nepali News Portal

लमहीमा बिस जनाले गरे रक्तदान

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, १४ जेठ
देउखुरी, उद्योग बाणिज्य संघ लमहीले आयोजना गरेको रक्तदान कार्यक्रममा विसजनाले रक्तदना गरेका छन् । बिरामीहरुलाई रगतको अभाव हुन थालेपछि शुक्रवार बाणिज्य संघले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बुधवार बसेको बाणिज्य संघको नियमित बोर्डको बैठकले रक्तदान कार्यक्रको आयोजना गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै जिल्लाभर रगतको अभावको सुचना पाएलगत्तै देउखुरी उद्योग बाणिज्य संघ लमहीले रगतको अभाव हुन नदिनको लागी रक्तदान कार्यक्रको आयोजना गरेको बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनुभयो ।
रेडक्रसमा रगत अभाव कै कारणले जिल्लामा दिनप्रतिदिन अस्पतालमा भर्ना भएका कैयाँै बिरामीहरुल अकालमा ज्यान गुमाइरहेका छन् । रगतको आवश्यक परेको खण्डमा बिरामीका आफन्तहरु रेडक्रसमा रगत अभाव भएकै कारण खाली हात फर्किनु पर्ने बाध्यता खेप्नुपर्ने परिस्थिती सृजना भएको थियो, बाणिज्य संघका अध्यक्ष खनालले भन्नुभायो,–। ‘रगतको अभावले कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस्, रेडक्रसहरुमा रगतको अभाव हुनदिने छैनाँै । रगतको अभाव भइहालेमा रेडक्रससंग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गरि तुरुन्तै रगतको आपुर्ती गर्नेछौँ ।’
कोभिड नियन्त्रणको लागी मुलुकभर गरिएको लकडाउन लम्बिने अवस्था आएमा लमही बजार क्षेत्रमा व्यवासायी गर्दै आएका स्थानीय व्यवसायीलाई घर भाडा छुट गराउनको लागी बाणिज्य संघले स्थानीय सरकारलाई पहल गरिदिन आग्रह गर्ने भएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका प्रेस सल्लाहकार प्रिया स्मृती गजमेरले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्