भोलिदेखि तीनदिनसम्म वर्षा हुन सक्ने – Kanika Khabar
Sunday, April 20Nepali News Portal

भोलिदेखि तीनदिनसम्म वर्षा हुन सक्ने

    मा प्रकाशित

कनिका डेस्क
जेठ २१, दाङ ।
भोलि बिहीबारदेखि तीन दिनसम्म नेपालमा वर्ष हुने सम्भावना रहेको छ । अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविदका अनुसार चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखि बर्षा हुनेछ ।
दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद्कोे अनुमान छ ।

नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मौसमविद् बासीले मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने पनि बताउनुभयो ।

यसैबीच आज कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमबिद् बासीले बताउनुभयो । अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ को पहाडी भूभागमा सामान्य बादल लागेको र अरु ठाउँको मौसम सफा रहेको उहाँले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्