कोभिडले बढायो जुमको आम्दानी, जुमको आम्दानीमा १६९प्रतिशतले बृद्धि – Kanika Khabar
Friday, April 17Nepali News Portal

कोभिडले बढायो जुमको आम्दानी, जुमको आम्दानीमा १६९प्रतिशतले बृद्धि

    मा प्रकाशित

खगेश्वर पौडेल
जेठ २१, दाङ ।
जुमले अप्रिल महिनाको अन्त्यसम्ममा आफ्नो आम्दानी यो तीन महिनाको अवधिमा गतवर्षको तुलनामा १६९ प्रतिशतले बृद्धि भई ३२८ मिलियन अमेरिकन डलर भएको जनाएको छ ।
कोभिड १९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै शुरु भएको लकडाउनले विश्वका ७० प्रतिशत भन्दा बढी मानिसहरु घरमै बस्न बाध्य भएपछि सामूहिक छलफलको एउटा गतिलो माध्यमको रुपमा जुमको प्रयोग बढदै गएको कारणले आम्दानीमा निकै बृद्धि भएको हो । जुम एक प्रकारको भर्चुअल एप हो ।
कम्पनीले आफ्नो आम्दानीमा मात्र हैन यसको प्रयोगकर्तामा पनि उल्लेख्य रुपमा बृद्धि भएको जनाएको छ । अघिल्लो वर्षसम्म करिव २ लाख ६५ हजार ४ सयको हाराहारीको प्रयोग कर्तामा यस वर्ष ३५४ प्रतिशतले बृद्धि भएको जनाएको छ ।
पछिल्लो समयमा नेपालमा पनि जुमका प्रयोगकर्ताहरु बढेका छन् । अनलाइन क्लास सञ्चालन गर्न तथा विभिन्न बैठक बस्नका लागि र बहस, छलफल चलाउनका लागि पनि जुमको प्रयोग गरिदै आएको छ । दृष्य इलेक्ट्रोनिक्स मिडियाले समेत जुमको प्रयोग गर्दै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्