कोभिडको उपचारमा “अवीफाविर” प्रयोग गर्दै रुस – Kanika Khabar
Friday, January 17Nepali News Portal

कोभिडको उपचारमा “अवीफाविर” प्रयोग गर्दै रुस

    मा प्रकाशित

खगेश्वर पौडेल
जेठ २१, दाङ ।
रसियाले कोरोना भाइरसको उपचारमा प्रयोग हुने पहिलो एन्टिभाइरल औषधीको प्रमाणिकरण गरेसँगै यसको व्यवस्थापन आगामी हप्तादेखि थाल्ने जानकारी गराएको छ । यसलाई “खेल परिवर्तन” गर्नेू भनेर दावी गरिएको छ जसले सामान्य आर्थिक जीवनमा फर्कने गति बढाउनेछ।

रुसको आरडीआईएफ सार्वभौम सम्पत्ति कोषका प्रमुखका अनुसार रूसी अस्पतालले बिरामीहरुलाई जुन ११ मा औषधि दिन सुरु गर्न सक्नेछन र हरेक महिना लगभग ,६००,००० मानिसहरुको उपचार गर्न पर्याप्त हुनेछ । अवीफाविर नाममा दर्ता गरिएको यो औषधि क्लिनिकल परीक्षणपछि शनिबार रूसको स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भई सरकारी सूची सुचिकृति भएको कोरोना भाइरसको उपचारमा प्रयोग हुने सम्भावित पहिलो औषधी हो ।

आरडीआईएफ प्रमुख किरल दिमित्रीभका अनुसार, क्लिनिकल परीक्षणमा ३३० जना सम्मिलित थिए र औषधिले चार दिन भित्रमा प्रायः केसमा भाइरसको सफलतापूर्वक उपचार गर्न सफल भएको पाइएको छ । उनले भने , “हामी विश्वास गर्छौं कि यो खेल परिवर्तनकर्ता हो। यसले स्वास्थ्य सेवा प्रणालीमा तनाव कम गर्दछ, हामीसँग थोरै मानिसहरू गम्भीर अवस्थामा पर्न सक्छन्, र ९० प्रतिशत व्यक्तिको लागि यसले १० दिन भित्र भाइरसलाई हटाउँछ” । ४३२२७७ केससहित, ब्राजिल र संयुक्त राज्य पछि रूस कोरोना संक्रमणको तेस्रो स्थानमा छ । यद्यपि ५२१५ आधिकारिक मृत्युको रहेको छ ।

अवीफाविरलाई फेभिपिरवीर भनेर चिनिन्छ, जुन १९९० को उत्तरार्धमा जापानी कम्पनीले विकास गरेका थिए पछि फ्युजीफिल्मले किनेको थियो। ड्रगले इन्फ्लूएन्जा जस्ता केही आरएनए भाइरसको प्रजनन संयन्त्रमा शर्ट सर्किट गरेर काम गर्दछ।

(समाचार एजेन्सीको सहयोग )

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्