थपिए २०१ कोरोना संक्रमित, संक्रमितको संख्या २३०० पुग्यो, २७८ संक्रमितले कोरानालाई जिते – Kanika Khabar
Monday, December 8Nepali News Portal

थपिए २०१ कोरोना संक्रमित, संक्रमितको संख्या २३०० पुग्यो, २७८ संक्रमितले कोरानालाई जिते

    मा प्रकाशित

कनिका डेस्क

जेठ २१, दाङ ।

नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्।

धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार जानकारी दिए।

योसँगै नेपालमा संक्रमित संख्या २३०० पुगेको छ। तीमध्ये २७८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

बुधबार कोरोना संक्रमित दोलखाका एक ७६ वर्षीय वृद्धको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहदा मृत्यु भएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्