कनिका संवाददाता
जेठ २१, दाङ ।
घाेराही लमही सडक खण्डकाे मसोट खोलामा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । घोराहीबाट भारत जाँदै गरेकाेटि.भि ०५ डब्लु ७७३३ नम्बरको भारतीय ट्रकले सोही दिसातर्फ गईरहेको रा ४ प ४१६६ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ट्रक चालक भारत निबासी भलदेव सिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । त्यसैगरी मोटरसाईकल चालक लमही नगरपालिका–४ निबासी भगवानदिन चौधरी र माेटरसाइकलमा सवार रञ्जना चौधरी घाइते भएकाे प्रहरीले जानकारी दिएको छ ।
घाइते दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।