कोभिड १९ बाट मृत्यु हुनेको गणनाको मापदण्ड फेरियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोभिड १९ बाट मृत्यु हुनेको गणनाको मापदण्ड फेरियो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २१, दाङ ।

सरकारले कोभिड १९ बाट मृत्यु भएका व्यक्तिको गणनाको मापदण्डमा परिवर्तन गरेको छ । अब कोभिड १९ को संक्रमणदेखि मृत्यु हुँदासम्म निको नभएका व्यक्तिलाई मात्र कोभिड १९ का कारण मृत्यु भएको मान्ने भएको छ ।

कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ को संशोधन गरी यसकारले यस्तो नियम बनाएको छ । संशोधित कार्यविधिमा भनिएको छ, ‘‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ को क्लिनिकल लक्षण तथा चिह्नहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नुपर्छ । कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ ।

कोभिड –१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्