समाजबादी र राजपा ‘मर्ज’ – Kanika Khabar
Friday, April 19Nepali News Portal

समाजबादी र राजपा ‘मर्ज’

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख १०, काठमाडौँ ।

नेपाली राजनीतिक वृत्तमा नयाँ नयाँ तरङ्गहरु देखा पर्न थालेका छन् । यद्यपि यस्ता तरङ्गहरु इतिहासमा थुप्रै छन् । बुधवार नेपाली राजनीतिक वृत्तमा घटेको अर्को घटना हो—पार्टी मर्ज । समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टीबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ । चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका हुन् ।

हेर्नुस् पार्टी एकताको सहमती पत्र

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्