अमेरिकाले चीनसँगको हवाइयात्रामा प्रविन्ध लगाउने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

अमेरिकाले चीनसँगको हवाइयात्रामा प्रविन्ध लगाउने

    मा प्रकाशित

कनिका डेस्क

जेठ २२, दाङ ।  

अमेरिकाले यही जुन १६ देखि चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने चेतावनी दिएको छ । दुई देशबीच पछिल्लो समय बढ्दै गएको तनावका कारण अमेरिकाले चीनबाट हवाई यात्रामा रोक लगाउने चेतावनी दिएको हो ।

अमेरिकाले बेइजिङको व्यवहारका कारण चीनका हवाइ उडानमा प्रतिवन्ध लगाउनुपरेको स्पष्ट पारेको छ । अमेरिकी यातायात कार्यालयका अनुसार लगायतार अमेरिका उडान भरिरहेका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र हेनान् एयरलाइन्सलाई अमेरिकामा उडानमा प्रतिबन्धको तयारी गरेको बीबीसीले जनाएको छ ।

पछिल्ला केही दिन यता कोरोनाको संक्रमण नियन्त्रणमा विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको अमेरिकी आरोप र हङकङको स्वायत्तताको विषयमा अमेरिकाले चीनमाथि लगाएका आरोपका कारण दुबैै देशबीचको सम्बन्ध बिग्रिएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्