सरकारले दु्रत परीक्षण किट खरिद गर्ने – Kanika Khabar
Monday, December 8Nepali News Portal

सरकारले दु्रत परीक्षण किट खरिद गर्ने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २२, दाङ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक लाख ५० हजार थान द्रुत परीक्षण किट आरडीटी खरिद गर्ने निर्णय गरेको छ । मन्त्रालय अन्तरगर्तको कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टमको हिजो बसेको बैठकले कोभिड–१९ को परीक्षण थप बढाउनुपर्ने भन्दै थप एक लाख ५० हजार थान द्रुत परीक्षण किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

विभागले यसैसाता एक लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ । त्यो भन्दा अघि पनि मन्त्रालयले अर्को एक लाख २५ हजार थान आरडिटी किट खरिद गरेको थियो । त्यसअघि ओम्नी कम्पनीले ७५ हजार थान किट किनेर ल्याएको थियो । जनस्वास्थ्य वैज्ञानिकहरुले संक्रमण भएको छ या छैन भन्नलाई द्रुत परीक्षण विधिको परीक्षणले थाहा नपाउने भएकाले प्रयोग नगर्न सुझाव दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्