मेलम्ची पहिरो अपडेट : बेपत्ताको खोजी जारी, ७ जनाको मृत्यु – Kanika Khabar
Monday, August 24Nepali News Portal

मेलम्ची पहिरो अपडेट : बेपत्ताको खोजी जारी, ७ जनाको मृत्यु

    मा प्रकाशित

असार २, मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढी र पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ ।

हिजो मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण धेरै मानिस बेपत्ता भएको अनुमान गरिएको छ।

 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको तयारी भएको प्रजिअ पोखरेलले बताए ।

 

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्