रिपोर्ट नआउँदै क्वारअन्टिनबाट घर पठाएपछि सङ्क्रमितकाे खाेजाखाेज – Kanika Khabar
Friday, March 29Nepali News Portal

रिपोर्ट नआउँदै क्वारअन्टिनबाट घर पठाएपछि सङ्क्रमितकाे खाेजाखाेज

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २२, दाङ ।

दाङकाे एक क्वारअन्टिनकाे बसाइँ सकेर घर फर्किएका व्यक्तिमा काेराेना पुष्टि भएपछि अहिले खाेजाखाेज भएकाे छ । जिल्लाकाे राजपुर गाउँपालिकाको क्वारअन्टिनबाट घर फर्किएका तीन जना व्यक्तिमा काेराेना पुष्टि भएकाे हाे । उक्त क्वारअन्टिनमा एक सय ५७ जना बसेका थिए । जस मध्य तीन जनामा बुधबार कोरोना पोजेटिभ देखिएकाे हाे । राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठायो ।

तर, बिहिबार फेरि राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भएपछि कोरोना परीक्षण गरिएको रिपोर्ट नआउदै डिस्चार्ज गरिएको घटना बाहिर आयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना संप्रेषण गर्दा भएको त्रुटिले यस्तो समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले दावी गरेका छन् । ‘क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए । जस मध्य ३५ जनाको नमूना परीक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ । तर, हामीलाई जानकारी गराउँदा एक सय ५७ जनाकै परीक्षण गर्दा तीन जनामा देखियो भन्ने सूचना आएपछि तीन जनाबाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो’ गाउँपालिकाका अध्यक्ष केसीले बताए ।

बिहीबार फेरि राजपुर गाउँपालिकामा थप तीन जना संक्रमित फेला परेको जानकारी आएपछि राजपुर गाउँपालिकाले बिहिबार पुष्टि भएका तीन जना मध्ये दुई जना सम्पर्कमा ल्याएकाे र एक जनाकाे खाेजी तीव्र रहेकाे पालिकाले जनाएको छ । बिहिबार राजपुर–२ निवासी ३४ बर्षीय, वडा नम्बर ३ निवासी २७ बर्षीय र वडा नम्बर ४ निवासी २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्