कोभिड १९ बाट नेपालमा ११ औँ व्यक्तिको मृत्यु – Kanika Khabar
Thursday, December 3Nepali News Portal

कोभिड १९ बाट नेपालमा ११ औँ व्यक्तिको मृत्यु


    मा प्रकाशित

कनिका डेस्क
जेठ २३, दाङ । नेपालमा कोभिड १९ का कारण ११औँ व्यक्तिको मृत्यु भएको छ । सुर्खेतमा बिहीबार ज्यान गुमाएका २० वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
सुर्खेतमा क्वारअन्टिनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका १ हाँसेका उनी क्वारअन्टिनमा बसेर घर फर्किएका थिए ।
युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको प्रदेश सरकारले पुष्टि गरेको छ।

bbbbb

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्