क्वारअन्टिनमा बसेका सबैको पिसिआर टेस्टिङ नहुने : स्वास्थ्य मन्त्रालयको नयाँ गाइड लाइन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

क्वारअन्टिनमा बसेका सबैको पिसिआर टेस्टिङ नहुने : स्वास्थ्य मन्त्रालयको नयाँ गाइड लाइन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २३, काठमाडौँ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले तयार पारेको कोभिड १९ टेस्टिङ नयाँ गाइड लाइनमा क्वारअन्टिनमा बसेका सबैको पिसिआर टेस्ट नगर्ने बताएका छ । क्वारेन्टिनमा बस्नेको सङख्या सोचेभन्दा बढी भएको कारण यस्तो गाइडलाइन तयार पारिएको बताइएको छ । अहिले पनि प्रयोगशालामा धेरै नमुना होल्डमा भएको कारण सरकारले नयाँ टेस्टिङ गाइड लाइन ल्याएको बताइएको छ । नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ ।

पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु हुनेछन् । यो समूहमा परेका मानिसहरुको छिटो स्वाब संकलन गरी आरटी — पीसीआर विधिबाट परीक्षण गरिनेछ ।

दोस्रो प्राथमिकतामा परेका समूहमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरु र अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य स्टापहर रहनेछन् ।

त्यसैगरी तेस्रो प्राथमिकतामा लक्षण भएका तर माथिका प्राथमिकता समूहमा नपरेका व्याक्तिहरु पर्ने बताइएको छ । अब कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफै परीक्षण गराउन पुग्नेहरु टेस्टिङ प्राथमिकतामा पर्ने छैनन् ।

मानिसलाई ज्वरो, श्वासप्रसवासमा समस्या, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको छ भने आरटी —पिसिआर माध्यमबाट परीक्षण गरिनेछ । ज्वरो आउने, श्वासप्रस्वासमा समस्या भएका दीर्घरोगीहरुलाई पनि पिसिआर गरिनेछ ।

क्वारेन्टिनमा बसेका र लक्षण देखिएकालाई आरटी– पीसीआर गर्ने नयाँ गाइडलाइनमा उल्लेख छ । तर, क्वारेन्टिनमा बसे पनि श्वासप्रश्वासमा समस्या, कोभिडको कुनै लक्षण छैन भने त्यतिकै घर पठाउन मिल्ने भनिएको छ । तर, हाललाई यस्ता केसहरुई आरडीटी गर्ने भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्