कनिका डेस्क
जेठ २३, दाङ ।
नेपालमा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको छ ।
आज थपिएका २७८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार, पछिल्लो २४ घण्टामा ४ हजार २३२ जनाको पीसीआर बिधिबाट परिक्षण भएको छ । यस्तै दु्रत बिधिबाट भने ५ हजार १८५ जनाको परीक्षण भएको छ ।
हालसम्म पीसीआरबाट ८८ हजार ३६६ र १ लाख ३२ हजार ९६६ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ६६ हजार ७ सय ६५ मानिस क्वारेन्टाइनमा बसिरहेको पनि प्रवक्ता देबकोटाले जानकारी दिनुभयो ।
त्यसै गरी आज थप ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डास बिकास देबकोटाका अनुसार धरानमा उपचार गराइरहेका झापाका ३ जना, कोशी अस्पतालमा उपचार गराइरहेका विभिन्न जिल्लाका २७ जना र बाँकेमा उपचार गराइरहेका १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् । नेपालमा हालसम्म ३३३ जना उपचारपछि निको भएका छन् ।