मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम आजबाट सुरु हुने – Kanika Khabar
Thursday, May 16Nepali News Portal

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम आजबाट सुरु हुने

    मा प्रकाशित

असार १४, काठमाडौँ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच शुभारम्भ गर्नुहुने भएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा हुने शुभारम्भ कार्यक्रमको जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।

 

बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको हो । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको छ। जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिनुभयो । २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बागमती प्रदेशको राजधानी हेटौंडामा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्