फिजी कोरोना भाइरस मुक्त – Kanika Khabar
Saturday, April 20Nepali News Portal

फिजी कोरोना भाइरस मुक्त

    मा प्रकाशित

कनिका डेस्क

जेठ २३, दाङ ।

फिजीले कोरोना भाइरस मुक्त भएको घोषणा गरेको छ । फिजीका प्रधानमन्त्री फ्रैन्क बेनीमारामाले ट्वीट गर्दै फिजीलाई कोरोना भाइरस मुक्त भएको घोषणा गर्नुभएको हो । उहाँले फिजीको अन्तिम कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएको र ४५ औं दिनसम्म एकजना पनि नयाँ संक्रमित फेला नपरेकोले फिजीलाई कोरोना भाइरस मुक्त मुलुक घोषणा गरेको बताउनुभयो ।

फिजीमा कोरोना भाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन भने १८ जना मात्रै संक्रमित भएको र सबै स्वस्थ भएर घर फर्किसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्