आफ्ना नागरिकलाई कोरोना परीक्षणका लागि सिंगापुरले यन्त्र उपलब्ध गराउने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आफ्ना नागरिकलाई कोरोना परीक्षणका लागि सिंगापुरले यन्त्र उपलब्ध गराउने

    मा प्रकाशित

कनिका डेस्क

जेठ २३, दाङ ।

सिंगापुर सरकारले कोरोना परीक्षणका लागि आफ्ना नागरिकलाई यन्त्र उपलब्ध गराउने भएको छ । मुलुकमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जाँच गर्न समस्या हुने भएकाले सरकारले कोरोना भाइरस संक्रमणबारे पत्ता लगाउने यन्त्र नागरिकलाई उपलब्ध गराउने भएको हो ।

सिंगापुर सरकारका अनुसार यो यन्त्रले कोरोना भाइरस संक्रमितको बारेमा पत्ता लगाउन सहयोगी भएमा देशका ५७ लाख नागरिकलाई उपलब्ध गराइने छ । सिंगापुर सरकारले यसअघि यस्तै मिल्दोजुल्दो मोबाइल एप निर्माण गरिसकेको छ ।

सिंगापुरमा हालसम्म कोरोना भाइरसका कारण ३६ हजार ९ सयभन्दा बढी संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्