‘कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र मौरीघाट’ स्थापना हुने – Kanika Khabar
Saturday, March 15Nepali News Portal

‘कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र मौरीघाट’ स्थापना हुने

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
जेष्ठ २३,  दाङ  ।

दाङको राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा ‘कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र मौरिघाट’ स्थापना हुने भएको छ ।
शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिकाको कार्यालयमा बसेको बैठकले १ सय बेड सहितको कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र मौरिघाट स्थापना तथा सञ्चालनको लागि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा तदर्थ समिति समेत गठन गरेको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
दाङमा कोरोना संक्रमण बढ्दै जानु र विरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठुला अस्पतालमा विरामी लैजान सहज होस् भनी राप्ती गाउँपालिकाको वडा नं ४ स्थित राप्ती प्राविधिक शिक्षालयमा १ सय वेडको आइसोलेसन कक्ष स्थापनाको कार्य सुरु गरिएको बताईएको छ ।
देउखुरी क्षेत्रका प्रदेश सांसद तथा ४ वटै पालिकाका प्रमुख तथा अध्यक्षहरुको सहभागीता रहेको बैठकले कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र मौरीघाटको ब्यवस्थापन तथा सञ्चालनमा पालिकाहरुले खेल्ने भुमिका समेत निर्धारण गरिएको छ ।
कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र मौरीघाटका लागि आर्थिक रकम, प्राविधिक पक्ष, मानवीय पक्ष तथा सुरक्षागत कुराहरुमा सबैको सहभागिता समेत निर्धारण गरी आगामी २७ गतेसम्म पूर्ण रुपले आइसोलेसन केन्द्र स्थापना गरिने समेत निर्णय गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

नेपाली सेनाको सुरक्षा र व्यवस्थापन रहने, २ जना फिजिसियन चिकित्सक, ४ वटै पालिकाका बाट ८ जना चिकित्सक, ८ जना नर्स, ४ जना ल्याव टेक्निसियन र ८ जना कार्यालय सहयोगी सहितको प्रारम्भीक व्यवस्थापनमा कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र मौरिघाट सुरु गरिने छ साथै थप स्वास्थ्य उपचारको लागि प्रदेश र केन्द्र सरकारबाट समेत समन्वय हुने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्