चारसय यातायात मजदुरलाई खाद्यान्न सहयोग – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

चारसय यातायात मजदुरलाई खाद्यान्न सहयोग

    मा प्रकाशित

शरद रेग्मी
जेठ २३, दाङ ।
लकडाउनका कारण आजित त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका मजदुरहरुलाई कंम्पनीले शुक्रबार खाद्यान्न बितरण गरेको छ ।
प्रालिका अध्यक्ष सुरेश हमालको पहलमा आफ्ना करिब चारसय यातायात मजदुरहरुलाई पच्चिस केजी चामल,दाल,तेल र नुन सहयोग गरेको हो ।
पहिलो चरणमा कर्मचारी युनियन, मजदुर सघं संगठन सहितको रोहबरमा प्रधान कार्यालय तुलसीपुर, शाखा कार्यालय घोराही, लमही र भालुवाङमा समितिका मजदुरहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको थियो ।
सो अबसरमा प्रालिका अध्यक्ष हमालले लामो समयको लकडाउनको मार खेपिरहेका आफ्ना यातायात मजदुरहरुलाई कम्पनीले पहिलो चरणमा खाद्यान्न सहयोग गरेको जानकारी दिए ।
साथै अध्यक्ष हमालले साँझ बिहान खाद्यान्नको अभाब भएका जो कोही मजदुरलाई समेत सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
एकैसाथ चार स्थानमा भएको राहत वितरण कार्यक्रममा व्यवसायीका पदाधिकारीहरु पुष्कर धिताल, प्रकाश भट्ट, श्रीधर बुढाथोकी ,भिमसेन लहरे, तेजमणि आचार्य, दिवाकर न्यौपाने, पदम वली लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै घोराही, लमही र भालुवाङमा भरतनाथ योगी, भरतराज श्रेष्ठ, मानबहाहुर डाँगी, प्रेम रावत, ऋषि रावत, तेजप्रसाद अधिकारी, नारायण न्यौपाने,
कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष दिनेशजंगं शाह, सचिव राजेश पुन , मजदुर नेता एव व्यवसायी केशब भण्डारी लगायतको सहयोगमा मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको थियो ।
त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिमा हाल सत्र सय मजदुरहरु कार्यरत रहेका छन भने दुई सय पचास कर्मचारीहरु रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्