सोमालियाका नदीहरूमा आएको बाढी वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

सोमालियाका नदीहरूमा आएको बाढी वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क

जेठ २३, दाङ ।

व्यापक वर्षापछि सोमालियाका नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले जानकारी गराएको छ । अप्रिलदेखि अहिलेसम्म आएका बाढीका कारण २९ जनाको मृत्यु भएको र करिब १० लाख सोमालियाली नागरिक प्रभावित बनेको राष्ट्रसंघीय निकायले बताएको हो ।

सोमालियाका विभिन्न २९ जिल्लामा बाढीका कारण चार लाख १८ हजार व्यक्ति विस्थापित बनेका छन् मानवीय सहयोगका विस्थापितसम्म राहत र पालहरू लिएर पुग्नका लागि राष्ट्रसंघको प्रयास निरन्तर रहेको बताइएको छ । ठूलो वर्षापछि हजारौँ हेक्टर जमिनमा लगाएको बाली बाढीले पुरेको वा बगाएको छ भने यसका कारण सोमालियाका बाढी प्रभावित क्षेत्रमा खाद्य सङ्कट बढेको वपनि बताइएकोछ ।

राष्ट्रसंघ मानवीय सहयोग निकायहरू वर्षा र बाढीका कारण भएका विनाशकारी असरलाई कम गर्न दुई लाख ५५ हजार मानिसका लागि खाद्यान्न, औषधि तथा अतिआवश्यकीय मानवीय सहयोगसहित घटनास्थलमा पुगेका छन् ।

विश्वव्यापी महामारीसँग जुझिरहेका सोमालियाली नागरिकलाई बाढी र डुबानले थप सङ्कटग्रस्त बनाएको छ ।

(एजेन्सीको सहयोगवाट)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्