कोरोनाबाट मृत्यु हुनेको संख्या बेलायतमा ४० हजार – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

कोरोनाबाट मृत्यु हुनेको संख्या बेलायतमा ४० हजार

    मा प्रकाशित

कनिका डेस्क

जेठ २३, दाङ ।

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बेलायतमा ४० हजार नाघेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४० हजार २ सय ६१ पुगेको छ ।

यसैगरी २४ घन्टामा थप १ हजार ६ सय ५० जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । विश्वभरिमा ४० हजार भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पछि बेलायत दोस्रोमा पर्दछ । बेलायत युरोपकै बढी संक्रमित मुलुकमा पर्दछ ।

यसैगरी लण्डनस्थित नेपाली दूतावासले बेलायतमा कोरोनाबाट मृत्यु नेपालीहरुको कुल संख्या ६७ पुगेको जानकारी दिएको छ । प्रवक्ता शरदराज आरनका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमध्ये ५६ जना पुरुष र ११ महिला छन् । उनीहरुमध्ये भूपू गोर्खा र उनीहरुका परिवारका सदस्यको संख्या ५६ जना छ । दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संघसंस्था र स्थानीय काउन्सिलहरुसंगको समन्वयमा तथ्याँक संकलन गरेको हो ।

(एजेन्सीको सहयोगवाट)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्