सुदुरपश्चिम प्रदेशमा ५ दिन सम्म स्वास्ब सङ्कलन नगरिने – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सुदुरपश्चिम प्रदेशमा ५ दिन सम्म स्वास्ब सङ्कलन नगरिने

    मा प्रकाशित

कनिका डेस्क
जेठ २४, दाङ ।
संक्रमितको सङ्ख्या बढिरहेकै अवस्थामा सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका ९ वटै जिल्लामा ५ दिनसम्म स्वाब संकलन नगर्न निर्देशनजारी गरेको छ । निर्देशनालयले एक सूचना जारी गर्दै स्वास्थ्य निर्देशक गुणराज अवस्थीले स्वाब संकलन नगर्न ९ वटै जिल्लालाई निर्देशन दिएका हुन् ।
कोरोना परीक्षण गर्ने उपकरणको अभाव भएको भन्दै तत्काल ५ दिनसम्मको लागि स्वाब संकलन नगर्न परिपत्र गरिएको निर्देशक अवस्थीले बताए । संक्रमण बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउनु पर्ने बेला स्वाब संकलन बन्द हुँदा सुदूरपश्चिममा संकट थप बढ्न सक्ने भन्दै नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्