कनिका डेस्क
जेठ २४, दाङ ।
कोरोनाको संक्रमणका कारण बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको निधन ७७ वर्षको उमेरमा भएको छ । अनिललाई जून २ तारिखमा ज्वरो आएको र त्यसको केही घण्टामा नै स्थिती बिग्रिएको जानकारी अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले दिएका छन । बिहिबार राती ७ बजे अनिलको निधन भएको हो ।
अनिल सुरीको अन्तिम संस्कार भोलिपल्ट शुक्रवार बिहान ओशिवारा शवदाहगृहमा गरिएको हो । त्यतिबेला परिवारका चारजना सदस्य मात्रै उपस्थित थिए । अन्तिम संस्कारका बेला सबैले पिपिई किट लगाएका थिए ।
जून ३ मा अनिल सास फेर्न गार्हो भयो । उनलाई अस्पताल लगियो । तर, हिन्दुजा र लिलावतीजस्ता अस्पतालले सेवा दिन अस्विकार गरे । त्यसपछि उनलाई नगरपालिकाको अस्पालमा बुधबार राती भर्ना गरियो । उनलाई कोरोनाको संक्रमण भएको थियो । बिहिबार डाक्टरले केही गडबडी भएको भन्दै उनलाई भेन्टिलेटरमा राखेका राजिवले बताए।
राजकुमार र रेखा स्टारर कर्मयोगी र राजतिलकजस्ता फिल्मको निर्माण अनिल सुरीले गरेका थिए ।
संयोग नै मान्नुपर्छ बिहिबार बिहान बलिउड फिल्म निर्माता बासु चटर्जीको मृत्यु भएको थियो र त्यसैदिन बेलुका राजिवका भाइ अनिलको पनि मृत्यु भयो ।